ad ad

समाज


सय केजी सुन तस्करी गर्ने मालिक पक्राउ गर्न दबाब दिनुस् : पर्यटनमन्त्री

सय केजी सुन तस्करी गर्ने मालिक पक्राउ गर्न दबाब दिनुस् : पर्यटनमन्त्री

फाइल तस्बिर


नेपालखबर
साउन ५, २०८० शुक्रबार १७:४८, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले एक सय किलो सुन तस्करी गर्ने भरियालाई नभएर मालिकलाई पक्राउ गर्नुपर्ने बताएका छन्। 

शुक्रबार काठमाडौं आयोजित २४औं अरुण स्मृति दिवस तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री किराँतीले उनले एक सय किलो सुन तस्करी प्रकरणमा भरिया नभइ मालिक पक्राउ गर्न सरकारलाई संघ संस्था र जनताहरूले सडकबाट दबाब सिर्जना गर्नुपर्ने बताए।

‘एयरपोर्टमा सुन बरामत गरियोस्। सुदन किराँतीको परीक्षण सुरु भयो भन्छन्। मेरो होइन त्यो। त्यो त अर्थ र गृहमन्त्रीको हो मेरो होइन,’ मन्त्री किराँतीले भने, ‘हामीले त त्यो देख्न नै पाउँदैनौं। त्यो भन्सारको कुरा हो। यहाँ जे बोल्दा पनि भएको छ। तर भ्रष्टाचार असैह्य छ। भ्रष्टाचार हाम्रो साझा शत्रु हो।’

उनले कसैलाई शक्तिको भरमा न्याय,संविधान र कानून भन्दा माथि बस्ने अधिकार नभएको भन्दै कानून विपरित काम गर्नेलाई सरकारले तत्काल कारबाही गर्ने बताए।

उनले सरकार सुशासन र समृद्धि बाटोमा हिँडेर समाजवादमा पुग्ने प्रधानमन्त्रीको निर्देशन र उद्देश्यको बाटोमा हिँडेको बताए। 

उनले सरकारलाई भ्रष्टाचार र तस्करी नियन्त्रण गर्नको लागि जनताको साथ अपरिहार्य रहेको पनि बताए। उनले भ्रष्टाचार र तस्करीको संरक्षण गरेर मुलुकमा सुशासन र समृद्धि हासिल हुन नसक्ने बताए। 

‘बाच्दै गर्दा कृति गरेर गए बाचिन्छ भनेर थाहा हुँदा हुँदै किन यति धेरै पाप लोभ होला यो समाजमा। सय किलो सुन किन चाहिएको होला? एक क्वीन्टल सुन मान्छेहरुलाई किन चाहिएको होला?,’ उनले भने, ‘तीनहरूले मुत्यु बिर्सेका छन्। संसार जित्ने सिखन्दरले पनि मर्ने बेलामा मेरो लास कात्रोबाट हातलाई बाहिर राखेर आर्यघाट लानु भनेको थियो। किन भने मुत्युपछि रित्तै हात जान्छ भन्ने सन्देश दिन खाजेको थियो। यस्तो हुदाँहुँदै पनि नेपाल समाज किन लोभि पापी हुँदै गएको होला।’

उनले सुशासन र समृद्धिमा पुग्नको निम्ति सरकारले उठाएका सही कदमहरुको पक्षमा जनता र मिडियाले निष्पक्ष रुपमा भनिदिनुपर्ने बताए।

‘विमानस्थलबाट सय किलो सुन बरामत गरेको छ। गम्भिरताका साथ म भन्न चाहन्छु। यसपाली भरिया होइन मालिक पक्रनुपर्छ। तपाईहरु जस्तो संघ संस्था र जनताहरुले सडकबाट दबाब सिर्जना गर्नुपर्छ,’ उनले भने, ‘कसैलाई शक्तिको भरमा न्याय,संविधान र कानून भन्दा माथि बस्ने अधिकार छैन। अहिलेको सरकारको सुशासन र समृद्धि बाटो हिँडेर समाजवादमा पुग्ने प्रधानमन्त्रीको निर्देशन र उदेश्यको बाटोमा हिँड्दैछौं।अहिले जनताको साथ अपरिहार्य छ। भ्रष्टाचार र तस्किरीको संरक्षण गरेर अनसुशासन र समृद्धि हुँदैन। सुशासन र समृद्धिमा पुग्नको निम्ति सरकारले उठाएका सही कदमहरुको पक्षमा जनता र मिडियाले निष्पक्ष रुपमा भन्नुपर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .