ad ad

समाज


कृत्रिम गर्भाधान गराउने पशुको सङ्ख्या बढ्यो

कृत्रिम गर्भाधान गराउने पशुको सङ्ख्या बढ्यो

नेपालखबर
साउन ८, २०८० सोमबार ७:२६, काठमाडौँ

पशुहरूमा कृत्रिम गर्भाधान गराउने क्रम बढ्दो रहेको छ। विगतका वर्षहरूको तुलनामा गत आर्थिक वर्षमा कृत्रिम गर्भाधान गराउने पशुको संख्या बढेको हो।
 
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरका अनुसार गत आर्थिक वर्षमा ५९ हजार ५७ पशुमा कृत्रिम गर्भाधान गराइएको छ।

कार्यालयको तथ्यांकअनुसार ५४ हजार पाँच सय तीन गाई, चार हजार एक सय ५४ भैँसी र चार सय बाख्रामा कृत्रिम गर्भाधान गराइएको हो। जिल्लामा ९३ हजार एक सय ८२ गाई र ७२ हजार नौ सय ७८ भैँसी पालिएको तथ्यांक रहेको छ। बाख्रा तीन लाख १२ हजार पालिएको छ।
 

कार्यालयका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यका अनुसार कृत्रिम गर्भाधान गराइएका गाईमा ५६ दशमलव १२ प्रतिशत र भैँसीमा ८४ दशमलव ०२ प्रतिशत गर्भाधान दर रहेको छ। उहाँका अनुसार आव २०७८/७९ मा ५८ हजार छ सय ७६ पशुलाई कृत्रिम गर्भाधान गराइएको थियो। आव २०७७र७८ मा ५६ हजार दुई सय २१ गाईभैँसीमा कृत्रिम गर्भाधान गराइएको उनले जानकारी दिए।
 
गाईमा जर्सी र होलस्टेन एवं भैँसीमा मुर्राको ब्लड लेबलसम्म पुर्याउने उद्देश्यका साथ कृत्रिम गर्भाधान गराउन थालिएको हो। स्थानीय जातका गाईभैँसीमा उत्पादन कम हुने भएकाले कृत्रिम गर्भाधानबाट दूध उत्पादन बढाउन सहयोग पुग्ने गरेको आचार्यले बताए।

उनका अनुसार कृत्रिम गर्भाधानले नातागोता प्रजनन् रोक्न यो कार्यक्रम सञ्चालन गरिएको हो। कृषकलाई साँढे र राँगो पाल्नुपर्ने बाध्यताबाट हटाउन र सरुवा रोगको खतरा कम गर्न कृत्रिम गर्भाधानले सहयोग गर्ने गरेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .