नेपाल प्रहरीका दुईजना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजाललाई मकवानपुर प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।
मकवानपुरमा कार्यरत एसपी वामदेव गौतम उमेर हदका कारण एसपीबाटै अवकास भएपछि रिक्त स्थानमा रिजाललाई खटाइएको मानव स्रोत विकास विभाग प्रमुख एआईजी सन्दीप भण्डारीले बताए।
कुमोद ढुंगलेलाई यसअघि नै काठमाडौं परिसरमा सरुवा गरिए पनि एउटा मात्रै एसपीको दरबन्दी रहेका कारण उनी त्यहाँ गएका थिएनन्।
तर, रिजालको सरुवा भएसँगै अब परिसरमा ढुंगेल हाजिर हुनेछन्।
प्रतिक्रिया