ad ad

समाज


पत्रकार कुट्ने रास्वपाका जिल्ला संयोजक निलम्बित

पत्रकार कुट्ने रास्वपाका जिल्ला संयोजक निलम्बित

नेपालखबर
साउन ९, २०८० मंगलबार १७:५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बझाङ संयोजक नगेन्द्र खड्का पार्टीबाट निलम्बित भएका छन्। 

बझाङमा होटल व्यवसाय सञ्चालन गरिरहेका खड्काले पत्रकारलाई अपहरण गरी बन्दी बनाई कुटपिट गरेको आरोपमा उनलाई पार्टीले निलम्बन गरेको महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

सो विषयमा पार्टीको अनुशासन समितिले थप अनुसन्धान गरिरहेको बताइएको छ। अनुसन्धान पछि आवश्यक कारबाही गरिने प्रवक्ता ढकालले बताए।

‘पत्रकारमाथी हातपात गरेको भनि आएका बझाङका सम्बन्धित पार्टी सदस्यलाई सदस्यताबाट निलम्बन गरिएको छ,’ प्रवक्ता ढकालले भने, ‘अनुशासन समितिले थप अनुसन्धान गर्दैछ। अनुसन्धान अनुसारपछि थप कारबाही गरिनेछ।’

सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत सुनिल मण्डेललाई घरबाटै सोमबार खड्काले अपहरण गरेका थिए।

खड्का होटल होलि डे इनका सञ्चालक समेत हुन्।

खड्काको निर्देशनमा मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ बझाङ शाखाले कारवाहीको मागसहित विज्ञप्ति जारी गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .