सुनसरीको धरानमा जुवा खेल्दै गरेको अवस्थामा भोजपुरको आमचोक गाउँपालिका-६ का वडाअध्यक्ष पक्राउ परेका छन्। यो घटना सोमबारको हो। प्रहरीले वडाअध्यक्षसहित सहित ११ जनालाई जुवाको खालबाट समातेको हो।
इलाका प्रहरी कार्यालय धरानले सोमबार राति ११ बजे धरान उपमहानगरपालिका-१० विजयपुर अस्पतालअगाडिको केक प्यालेसबाट जुवा खेलिरहेको उनीहरुलाई पक्राउ गरेको हो।
प्रकाउ पर्नेमा आमचोक गाउँपालिका-६ का वडाअध्यक्ष बमबहादुर बस्नेत पनि छन्। उनी नेकपा माओवादी केन्द्रबाट विजयी भएका हुन्।
जुवाको खालबाट राजेन्द्र श्रेष्ठ, भरत थापा, विपिन गुरुङ, आशीषकुमार राई, अशोक राई, सागर राई, जसबहादुर राई, कुमार राई, कविराज राई र रोहित श्रेष्ठलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभु ढकालले बताए।
पक्राउ परेका राजेन्द्र श्रेष्ठ आमचोककै वडा नम्बर–९ का पूर्व वडाअध्यक्ष बमबहादुर श्रेष्ठका हुन्। त्यस्तै अशोक राई आमचोककै लक्ष्मी मावि पाङ्चाका शिक्षक हुन्।
पक्राउ परेका उनीहरुलाई मंगलबार म्याद थप गरेर कारबाही अघि बढाइएको पनि ढकालले बताए।
Shares
प्रतिक्रिया