ad ad

समाज


धरानमा डेंगुको महामारी : २ महिनामा ७ जनाले ज्यान गुमाए

धरानमा डेंगुको महामारी : २ महिनामा ७ जनाले ज्यान गुमाए

फाइल तस्बिर


नेपालखबर
साउन १०, २०८० बुधबार १२:४, काठमाडौँ

सुनसरीको धरान उपमहानगरपालिकामा डेंगुले महामारीको रुप लिएको छ। अहिलेसम्म त्यहाँ डेंगस संक्रमित ७ जनाको उपचारका क्रममा ज्यान गएको छ। 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले मंगलबारसम्म डेंगु संक्रमित ७ जनाको मृत्यु भएको पुष्टि गरे। 

पोखरेलका अनुसार गत जेठ २३ गते धरान उपमहानगरपालिका-१७ की ३० वर्षीया महिलाले डेंगुबाट सुरूमा ज्यान गुमाएकी थिइन्। 

त्यसपछि असार १५ गते धरान-११ की ४० वर्षीया महिलाल ज्यान गुमाइन्। यही साउन २ गते धरान-११ का ७९ वर्षीय वृद्धले ज्यान गुमाए। 

त्यही दिन धरान-१८ की ८४ वर्षीया महिलाको पनि डेंगुबाट ज्यान गएको जानकारी पोखरेलले सञ्चारमाध्यमहरुलाई दिएका छन्। 

उनका अनुसार साउन ३ गते धरान-५ की ५३ वर्षीया महिलाको ज्यान गयो। साउन ५ गते धरान-१० का ५६ वर्षीय पुरुष र धरान-२ का ७७ वर्षीय पुरुषको डेंगुका कारण ज्यान गयो। 

यी ७ मध्ये जेठ २३ गते निधन भएकी महिलाको मृत्युको मुख्य कारण डेंगु थियो। अन्य ६ जनालाई डेंगुसँगै दीर्घरोगी पनि रहेको पोखरेलले बताए। 

यी सातबाहेक अरु २ जनाको पनि डेंगुबाट निधन भएको बताइएको छ। तर पोखरेलले तिनको मृत्युको पनि पुष्टि प्रयास भइरहेको छ। उनीहरुको मृत्यु डेंगुबाट भए नभएको वडा कार्यालयबाट पुष्टि गर्ने प्रयासमा स्वास्थ्यकर्मी लागेका छन्। 

पानीको पनि चरम संकट भोगिरहेको धरानमा सबैभन्दा धेरै ११, १३, १५, १६, १७ र १८ वडा प्रभावित भएका छन्। 

पछिल्लो समय देशभर डेंगु फैलिँदै गएको छ। २०७९ पुसयता ४ हजार २८९ जनामा डेंगु पुष्टि भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.रुद्र प्रसाद मरासिनीले बताए। 

जसमध्ये सुनसरीमा मात्रै हालसम्म २ हजार ५४२ जना डेंगु सङ्क्रमित भइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .