ad ad

समाज


हर्क साम्पाङलाई अदालतको लगाम, निजी जग्गामा जबरजस्ती वृक्षरोपण नगर्न आदेश

हर्क साम्पाङलाई अदालतको लगाम, निजी जग्गामा जबरजस्ती वृक्षरोपण नगर्न आदेश

फाइल तस्बिर


नेपालखबर
साउन ११, २०८० बिहिबार १९:३०, काठमाडौँ

उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई वृक्षरोपणका नाममा जवरजस्ती नगर्न आदेश दिएको छ। 

धरान उपमहानगरपालिका-४ छोटीमोरङस्थित रोजिना अधिकारीको जग्गामा वृक्षरोपण नगर्न धरान उपमहानगरपालिका र मेयर साम्पाङलाई उच्च अदालत विराटनगरले बिहीबार अन्तरिम आदेश दिएको हो। 

धरान-१ का पुर्ववडाअध्यक्ष रोशन अधिकारीकी श्रीमति रोजिनाले आफ्नो निजी जग्गामा मेयर साम्पाङ नेतृत्वको टोलीले जवरजस्ती वृक्षरोपण गरेको भन्दै रिट हालेकी थिइन्। 

रिटमाथि बिहीबार सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश मिलनकुमार राईको इजलाशले मुद्दाको अन्तिम टुंगो नलागेसम्म निवेदकको नाममा दर्ता भएको किता नम्बर ४२१ र ३४५ को जग्गामा अनधिकृतप्रवेश र वृक्षरोपण नगर्नु, नगराउनु भनेको हो। 

निवेदक अधिकारीको नाममा धरान बाँझगरा गाविस ९ (ग) कित्ता नम्बर ४२१ र ३४५ को जग्गाको दर्ता स्वामित्व रहेको जग्गा धनीपूर्जा प्रतिलिपीबाट देखिएकोले कानुन बमोजिम अन्यथा नभएसम्म उनको हक दर्ता रहेको जग्गामा भोग स्वामित्व, अहरणीय हक अधिकारका रुपमा रहने आदेशमा भनिएको छ। 

मेयर साम्पाङले यसअघि दुई पटकसम्म सर्दु जलाधार क्षेत्रमा पर्ने छोटी मोरङ डाँडामा वृक्षरोपण गरेका थिए। 

त्यही क्रममा पूर्ववडाअध्यक्ष अधिकारीकी श्रीमती रोजिनाको नाममा भएको जग्गामा पनि वृक्षरोपण गरिएको थियो। उक्त क्रममा दुई पक्षबीच झडपकोअवस्था भएको थियो। 

पूर्ववडाअध्यक्ष अधिकारीले छोटीमोरङमा होटल चलाएका छन्। त्यहीँ उनले प्याराग्लाइडिङ कम्पनी खोलेका छन्। प्याराग्लाइडिङको टेकअपस्थल त्यहीँ छ। मेयर साम्पाङको नेतृत्वमा टेकअपस्थलमा विरुवा रोपिँदा झडपको अवस्था भएको थियो। 

छोटीमोरङ डाँडा सट्टाभर्ना दिइसकेको सर्दु जलाधार क्षेत्रमा परे पनि लगतकट्टा नगरिँदा बेचबिखन भएको थियो। 

त्यस प्रकरणमा सर्वोच्च अदालतमा सट्टाभर्ना दिएको प्रमाण पेश नहुँदा जग्गाधनीकै हकभोग कायम हुने फैसला भएको थियो। 

यसमा सट्टाभर्ना दिएको प्रमाण आएपछि पुरानो फैसला उल्टाउँदै सर्वोच्चले जग्गा रोक्का राखेको छ। तर सर्वोच्चको पूर्ण इजलाशबाट अन्तिम फैसला नहुँदै मेयर साम्पाङले बलपूर्वक वृक्षरोपण गरेको भ्दै रिट परेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .