ad ad

समाज


दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको मृत्यु

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
साउन १२, २०८० शुक्रबार २०:४, काठमाडौँ

दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिकको मृत्यु भएको छ। 

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाकार्यका लागि दक्षिण सुडानमा तैनाथ शेर गण शान्ति सेना बाह्रौँ डफ्फामा कार्यरत अमलदार रामबहादुर बाँठाको हिजो बिहीबार मृत्यु भएको हो। 

जाजरकोट जिल्ला खलङगा गाउँपालिका–६ का बाँठाको  रुम्बेकस्थित गणमा रहेको गाडीको वर्कसपमा झुन्डिएको अवस्थामा फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

निजको पार्थिव शरीर पोर्टमार्टमको प्रक्रिया तथा अनुसन्धान पूरा भएपछि स्वदेश ल्याइने छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .