ad ad

समाज


‘स्वेच्छिक मरन’को कानुनी व्यवस्था गर्न बरिष्ठ पत्रकारको माग

‘स्वेच्छिक मरन’को कानुनी व्यवस्था गर्न बरिष्ठ पत्रकारको माग

नेपालखबर
असार १३, २०७६ शुक्रबार ८:५१,

वरिष्ठ पत्रकार भैरव रिसालले ज्येष्ठ नागरिकलाई ‘स्वेच्छिक मरन’ गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

वरिष्ठ पत्रकार रिसालले धेरै विद्धान छोराछोरीका ज्येष्ठ नागरिकले पनि कठिनका साथ जिउनु परेकाले उनीहरुले चाहेमा स्वेच्छिक मरन गर्न पाउने कानुनी व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका हुन्।

सुन्दा नमिठो लागेपनि ज्येष्ठ नागरिकहरुले स्वेच्छिक मरन गर्न चाहेको देखिएको उल्लेख गर्दै त्यस्तो कानुनी व्यवस्था गर्न गम्भीर भईदिन पनि उनको सरकारसँग विशेष अनुरोध छ। वरिष्ठ पत्रकार रिसालले विश्वका कतिपय मुलुकमा ज्येष्ठ नागरिकहरुले चाहेमा स्वेच्छिक मरन गर्न पाउने कानुनी व्यवस्था रहेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराए।

शुक्रबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ज्येष्ठ नागरिकसम्बन्धी विधेयकमाथि सरोकारवालाहरुसँगको छलफलमा भाग लिँदै वरिष्ठ पत्रकार रिसालले ज्येष्ठ सासु–ससुरालाई स्याहार गर्ने बुहारी मध्येबाट उत्कृष्टलाई पुरस्कार दिने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिए। त्यसले पनि ज्येष्ठ नागरिकहरुको हेरचाहका लागि सामाजिक रुपमै जागरण ल्याउने उनको भनाई छ।

बैठकमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष एवम् वरिष्ठ कलाकार मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकलाई वृद्धाश्रममा नभई घरमा नै पालनपोषण गर्ने बाध्यकारी कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। उनले ज्येष्ठ नागरिकको पालनपोषणका लागि नैतिक शिक्षाको उचित व्यवस्था गर्न पनि सरकारसँग माग गरे।

अध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था गरेकोमा खुसी पनि व्यक्त गरे। विधेयकमा ज्येष्ठ नागरिकलाई पालनपोषण नगर्ने छोराछोरीलाई ३ लाख जरिवाना र ५ वर्षसम्म जेल सजाय दिने प्रावधान राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .