ad ad

समाज


शंखरापुर नगरपालिकालाई एम्बुलेन्स सहयोग

शंखरापुर नगरपालिकालाई एम्बुलेन्स सहयोग

नेपालखबर
साउन १७, २०८० बुधबार १७:४०, काठमाडौँ

काठमाडौं निवासी सुरेन्द्र जोशीले शंखरापुर नगरपालिकालाई एम्बुलेन्स खरिदको लागि २५ लाख रुपैयाँ नगद सहयोग गरेका छन्।

उनको सहयोगको उच्च मुल्यांकन गर्दै नगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी जोशीलाई सम्मान गरेको छ।

जोशीको सहयोगबाट स्वास्थ्य उपचारजस्तो मानविय सेवालाई अझ सहज बनाई एम्बुलेन्सबाट बिरामीहरुलाई समयमै अस्पताल पुर्‍याउन सहज हुने नगरपालिकाले विश्वास लिएको छ।

आफ्नो नगरको स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याउन आफूले योगदान दिन पाएकोमा र सो कार्यक्रममा नगरपालिकाले सहजिकरण गरिदिएकोमा जोशीले आभार प्रकट गरे।

कार्यक्रममा शंखरापुर नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .