ad ad

समाज


बालुवाटार जग्गा प्रकरण : समरजंग कम्पनीका प्रमुखसहित २ जना छुटे

बालुवाटार जग्गा प्रकरण : समरजंग कम्पनीका प्रमुखसहित २ जना छुटे

कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल


नेपालखबर
साउन १८, २०८० बिहिबार १४:२३, काठमाडौँ

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुई जना छुटेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेका समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतानलाई छाडिएको हो। 

पोखरेलको स्वास्थ्यको कारण देखाउँदै जिल्ला अदालत काठमाडौंले हाजिर जमानीमा छाड्न आदेश दिएको सीआईबी प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिए।

खेतानले भने आफ्नो नाममा भएको करिब ७ आना जग्गा फिर्ता गर्ने बताएपछि छाडिएको हो। 

‘उनको नाममा रहेको करिब ७ आना जग्गा फिर्ता गर्छौं भनेपछि छाडिएको हो,’ प्रवक्ता आचार्यले भने। 

दुई जना छुटेसँगै अब सीआईबीको हिरासतमा २० जना बाँकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .