बिहीबार काठमाडौंमा केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समितिको बैठकमा एकैपटक बसेको हो। बैठकमा सरकारमा सहभागी हुनेकुरा मुख्य एजेन्डा रहेको छ।
पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले सरकारमा सहभागी हुने एजेन्डासहित बैठक बस्न लागेको जानकारी दिए। उनले संगठन सुदृढीकरण अभियानलाई प्रभावकारी बनाउने विषय रहेको पनि बताए।
‘केन्द्रिय समिति, राजनीतिक समिति र केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्यो। हाम्रो मुल एजेन्डा भनेको संगठन सुदृढीकरण, अभियान चल्दैछ। त्यसलाई कसरी प्रभावकारी बनाउने विषयमा केन्द्रीत छ,’ उनले भने, ‘विभिन्न समितिमा मनोनित गर्नुपर्ने नामहृ मनोनित गर्न र विभिन्न विभाग गठन गर्न बैठक बसेको हो। सरकारमा सहभागीताको विषयमा पनि छलफल हुनेछ।’
अध्यक्ष राउतले पार्टीको बैठकमा पार्टीका विभिन्न समितिमा मनोनित गर्नुपर्ने सदस्यहरू, विभिन्न विभाग गठनको विषयमा पनि छलफल हुने बताए।
Shares
प्रतिक्रिया