ad ad

समाज


आफ्नो क्षेत्राधिकार र परिधिभित्र बस्न प्रेस काउन्सिललाई महासंघको आग्रह

आफ्नो क्षेत्राधिकार र परिधिभित्र बस्न प्रेस काउन्सिललाई महासंघको आग्रह

नेपालखबर
साउन १८, २०८० बिहिबार १६:२१, काठमाडौँ

नेपाल पत्रकार महासंघले महासंघको एसोसिएट संस्था नेपाल पत्रकारिता विकास समाजका अध्यक्ष एवं दैनिकी डटकमका प्रधानसम्पादक माधवप्रसाद तिवारीले सामाजिक सञ्जालमा उठाएका गम्भीर विषयलाई लिएर प्रेस काउन्सिल नेपालले जवाफ माग गरी पत्र काटेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।

पत्रकार र सञ्चारमाध्यमका सन्दर्भमा प्रेस काउन्सिल नेपाल र सूचना तथा प्रसारण विभागबाट संपादन हुने काम कारबाही संगठित रूपमा गिरोह नै तयारी गरी बिचौलिया मार्फत गर्न खोजिएको विषयलाई सामाजिक सञ्जालमा उठाएको निहुँमा प्रेस काउन्सिलले प्रयोग गरी पत्र काटेको अध्यक्ष तिवारीले महासंघलाई जानकारी गराएका छन्।

‘आफूलाई चित्त नबुझेको विषयमा मर्यादा र कानुनी दायरामा बसेर आफ्नो विचार अभिव्यक्त गर्नु प्रत्येक व्यक्तिको स्वतन्त्रता हो’ महासंघले बिहीबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रतालाई निर्धक्क उपभोग गर्न पाउनु पर्छ भन्ने विषयलाई महासंघले सधैँ उठान गरिरहेको छ।’

महासंघका महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा ‘सञ्चारमाध्यमको विषयवस्तुको नियमन गर्ने दायित्व बाकेको प्रेस काउन्सिल नेपालले  सामाजिक सञ्जालमा अभिव्यक्त गरेको विषयलाई लिएर सञ्जाल प्रयोगकर्तालाई पत्र लेख्नु, सैद्धान्तिक र व्यवहारिक रूपमासमेत उचित होइन’ भनिएको छ।

महासंघले आफ्नो क्षेत्राधिकार र दायित्वको परिधिभित्र रहेरमात्र यस्ता विषयमा निर्णय लिन प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराएको छ।

यसअघि नेपाल पत्रकारिता विकास समाजले प्रेस काउन्सिल नेपालको दुरूपयोग भैरहेको भन्दै त्यसमा अनुसन्धान गरी दोषी माथि कारबाही गर्न सरकारसँग माग गरेको थियो।

मंगलबार समाजका सचिव किरण देउजाले जारी गरेको विज्ञप्तिमा प्रेस काउन्सिल नेपालको दुरूपयोग गरेर भैरहेको कामको निष्पक्ष र सुक्ष्म छानबिन गरी दोषीमाथि हदैसम्म कारबाही गर्न माग गरिएको छ।

त्यसैगरी नेपाल पत्रकारिता विकास समाजले पनि काउन्सिलको उक्त कदमको विरोध गरेको छ।

समाजका सचिव किरण देउजाले एक विज्ञप्ति निकालेर सामाजिक सञ्जालमा उठाएको विषयलाई लिएर प्रेस काउन्सिलको लेटरप्याड दुरुपयोग गरी स्पष्टीकरण सोधिएको भन्दै आपत्ति जनाएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .