ad ad

समाज


ट्रकको क्याबिनमा लुकाएर ल्याउँदै गरेको औषधिसहित एक जना पक्राउ

ट्रकको क्याबिनमा लुकाएर ल्याउँदै गरेको औषधिसहित एक जना पक्राउ

नेपालखबर
साउन १८, २०८० बिहिबार १८:३३, काठमाडौँ

ट्रकको क्याबिनमा लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित औषधिसहित मकवानपुरको हेटौँडा उपमहानगरपालिका १५ चुरियामाईस्थित पूर्व पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

काभ्रे जिल्लाको मन्डन देउपुर नगरपालिका ९ बस्ने अन्दाजी ५० वर्षीय ज्ञानेन्द्र कुमार सापकोटालाई नं. १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो।

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र। ०१–००६ ख २६५६ नम्बरको ट्रकको क्याविनमा लुकाई छिपाई ल्याउँदै  गरेको १ लाख ३१ हजार ७ सय ६० वटा ट्रमाडोल ट्याब्लेट र १ सय ५० वटा म्याड गुज्रिएको महरिच मल्टि भिटामिन ट्याब्लेट सहित उनलाई नियन्त्रणमा लिईएको हो। उनी ट्रकका चालक हुन्।

साथै ट्रकमा लोड गरी ल्याउँदै गरेको करीब १४ लाख ४६ हजार रुपैयाँ बराबरको लत्ताकपडा र प्रिन्टिङ्ग पेपरको बिलविजक फेला नपरेपछि उक्त लत्ताकपडासहित ट्रक नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका सापकोटालाई बरामद औषधिसहित आवश्यक कारबाहीको लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जमा र बरामद लत्ताकपडा, प्रिन्टिङ्ग पेपर र ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .