तनहुँको देवघाट गाउँपालिका-५ मा कालीगण्डकीले बगाउँदा एक युवक बेपत्ता भएका छन्।
देवघाट- ५ स्थित बेणी संगममा नुहाउने क्रममा शुक्रबार बिहान दाङको तुलसीपुर उपमहानगरपालिका-१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल बेपत्ता भएका प्रहरीले जनाएको छ।
त्रिशूली र कालीगण्डकीको संगम स्थलमा नुहाउँदै गरेका भुसाललाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।
बेपत्ता भुसालको खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस
24
Shares
प्रतिक्रिया