कञ्चनपुरमा एक व्यक्तिले चक्कु प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्।
दोधारा चाँदनी नगरपालिका- ७ कञ्जभोजका प्रेम बहादुर बुढाक्षेत्रीले शुक्रबार राति आफ्नी श्रीमती २२ वर्षीया द्रोपती बुढाको हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीका अनुसार घरायसी विवाद हुँदा उनले श्रीमतीमाथि चक्कु प्रहार गरेका थिए।
चक्कु प्रहारबाट गम्भीर घाइते भएकी द्रोपतीलाई उपचारका लागि प्राथिमक स्वास्थ्य केन्द्र दोधारा चाँदनी लैजाने क्रममा गएराति बाटोमै मृत्यु भएको हो।
श्रीमतीको हत्या गर्ने प्रेमबहादुरलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ।
54
Shares
प्रतिक्रिया