ad ad

समाज


प्रहरी महानिरीक्षकको प्रश्नः समयमा ननिस्कने, ढिला पुगे ट्राफिक जामलाई दोष दिने?

प्रहरी महानिरीक्षकको प्रश्नः समयमा ननिस्कने, ढिला पुगे ट्राफिक जामलाई दोष दिने?

नेपालखबर
असार १३, २०७६ शुक्रबार १०:२३,

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि सबैलाई सहयोग गर्न आह्वान गरेका छन्।

प्रहरी महानिरीक्षक खनालले काठमाडौंको ट्राफिक व्यवस्थापन ट्राफिक प्रहरीको लागि नभई सबै नागरिकका लागि भएकाले त्यसमा सबैको सहयोगको आवश्यक्ता रहेको पनि स्पष्ट पारे।

शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सडक दुर्घटना न्यूनिकरणका लागि पनि सबैको सहयोगका जरुरी रहेको पनि बताए। प्रहरी महानिरीक्षक खनालले समय निकालेर यात्रामा निस्कन पनि सवारी चालकहरुलाई आग्रह गरे। समयमा ननिस्कने अनि गन्तव्यमा ढिला पुगे ट्राफिक जामलाई दोष दिने प्रवृत्तिको पनि अन्त्य हुनुपर्ने महानिरीक्षक खनालको भनाई छ।

प्रहरी महानिरीक्षक खनालले काठमाडौंलाई सुन्दर सहरको रुपमा परिचित गराउन पनि यसको ट्राफिक व्यवस्थापनको कामलाई प्रभावकारी बनाउनुपर्ने पनि स्मरण गराए। काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि सामुदायसँगको साझेदारी कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .