ad ad

समाज


सुन तस्करी प्रकरणमा व्यापारी रोहन अदुकिया विमानस्थलबाट पक्राउ

सुन तस्करी प्रकरणमा व्यापारी रोहन अदुकिया विमानस्थलबाट पक्राउ

नेपालखबर
साउन २६, २०८० शुक्रबार १५:१३, काठमाडौँ

सुन तस्करी प्रकरणमा संलग्न व्यापारी रोहन अदुकिया पक्राउ परेका छन्। ३० वर्षीय उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ गरेको हो।

उनी दिल्लीबाट इन्डिगो एयरमार्फत दिउँसो १ बजे विमानस्थल आइपुगेका थिए। लगत्तै प्रहरीले पक्राउ गरेर उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ।

गत साउन ३ गते हङकङ हुँदै नेपाल भित्रिएको १०० केजी सुन प्रकरणमा भरिया र व्यापारीहरु पक्राउ पर्ने क्रम जारी छ।

सुन तस्करी प्रकरणमा शुक्रबार मात्रै दुई चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (काठमाडौं) बाट पक्राउ परेका थिए।

हिमालय एयरलाइन्सको जहाजबाट चीन भाग्न लाग्दा एक महिला र एक पुरुष चिनियाँ नागरिक पक्राउ परेका थिए। 

उनीहरूको नाम लिजिया लिन र लिउ फुयान रहेको विमानस्थल सुरक्षा प्रमुख डीआईजी अर्जुनचन्द ठकुरीले नेपालखबरलाई जानकारी दिए। 

त्रिभुवन विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको थियो। सुन तस्करी प्रकरण अनुसन्धानको जिम्मा सीआईबीले पाएको छ। 

राजस्व अनुसन्धान विभागको निगरानीमा रहेका उनीहरू अध्यागमन विभागको कालोसूचीमा थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .