ad ad

समाज


मन्त्री किरातीको गृहजिल्लामा विमानस्थलको नयाँ टर्मिनल बन्ने

मन्त्री किरातीको गृहजिल्लामा विमानस्थलको नयाँ टर्मिनल बन्ने

नेपालखबर
साउन २६, २०८० शुक्रबार १६:२२, काठमाडौँ

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको गृहजिल्ला भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवन बन्ने भएको छ।

मन्त्री किरातीले उक्त टक्सारस्थित उक्त नयाँ टर्मिनल भवनको शुक्रबार सिलन्यास गरेका हुन्। 

वि.सं. २०३५ देखि सञ्चालनमा आएको भोजपुर सदरमुकामस्थित विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण हुन लागेको छ। 

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायतका कर्मचारी पनि शिलन्यास कार्यक्रममा पुगेका थिए। 

भोजपुर विमानस्थलमा नेपाल एयरलाइन्सको ट्विनअट्टर जहाजले उडान भर्दै आएको छ। अहिले त्यहाँ काठमाडौंबाट हप्तामा ५ वटा उडान हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .