ad ad

समाज


नौ क्लष्टर बनाएर कोटेश्वरदेखि कलंकीसम्म ३ हजार विरुवा रोपिँदै

नौ क्लष्टर बनाएर कोटेश्वरदेखि कलंकीसम्म ३ हजार विरुवा रोपिँदै

नेपालखबर
असार १३, २०७६ शुक्रबार १०:५२,

वृक्षरोपण दिवसको अवसर पारेर राजधानीको कोटेश्वरदेखि कलंकीसम्मको सडक किनाराका दुवैतर्फ शनिबार (भोलि) वृक्षरोपण गरिने भएको छ।

आर्थिक वर्ष २०७६/०७७ लाई वृक्षरोपण वर्ष बनाउने सरकारको निर्णयअनुसार वन तथा वातावरण मन्त्रालयको आयोजनामा वृक्षरोपण हुन लागेको हो।

वृक्षरोपणको शनिबार बिहान ८ बजे प्रधानमन्त्री केपी ओलीले एक कार्यक्रमबीच कोटेश्वरमा उदघाटन गर्नेछन्।

सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरुले पनि त्यसक्रममा वृक्षारोपण गर्नेछन्।

वृक्षारोपण कार्यक्रम व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले विभिन्न नौ स्थानमा क्लष्टर निर्धारण गरेको छ।

ती क्लष्टरहरुमा कोटेश्वरदेखि बालुकुमारीसम्म, बालुकुमारीदेखि ग्वार्कोसम्म, ग्वार्कोदेखि बी एण्ड बी अस्पताल अगाडिसम्म, बी एण्ड बी अस्पतालदेखि सातदोबाटोसम्म, सातदोबाटोदेखि महालक्ष्मीस्थानसम्म, महालक्ष्मीस्थानदेखि एकान्तकुनासम्म, एकान्तकुनादेखि बागडोलसम्म, बागडोलदेखि बल्खुसम्म र बल्खुदेखि कलंकीसम्म नौ वटा केन्दू तोकिएका छन्।

वृक्षारोपणको अवसरमा शनिबार चक्रपथको कोटेश्वरदेखि कलंकीसम्म ३ हजार बढी बिरुवा रोपिनेछन्। तिनमा हालसम्म पत्ता लागेकोमध्ये संसारकै सबैभन्दा पूरानो प्रजाति मानिएको चिनियाँ गिन्कोसहित असारे फूल, तेजपत्ता, कल्की, राजवृक्ष, कपुर, पावलेजस्ता बिरुवा छन्।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल सरकारको निर्णयअनुसार भोलिबाट सुरु भएको वृक्षरोपण अभियान एक वर्षसम्म जारी रहने बताएका छन्। मन्त्री बस्नेतले आगामी एक वर्षलाई वृक्षारोपण उत्सवका रुपमा मनाइने उल्लेख गरे।

आगामी एक वर्षभित्र काष्ठ÷गैरकाष्ठ, फलफूल तथा जडिबुटीका गरी करिब पाँच लाख बिरुवा रोप्ने तयारी भएको जानकारी पनि उनले दिए।

देशभरका सरकारी नर्सरीहरुमा हाल करिब दुई करोड भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रहेको बताउँदै उनले बाँकी बिरुवा निजी क्षेत्रका नर्सरीमा रहेको र उनीहरुसँग खरिद गरिने मन्त्री बस्नेतले बताए। मन्त्री बस्नेतका अनुसार, एक वर्षभित्र रोपिएका सबै बिरुवाको अभिलेखसमेत राखिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .