बाजुराको स्वामिकार्तिकखापर गाउँपालिका१ मुक्तिकोटकी एक महिला खोलाले बगाएर बेपत्ता भएकी छन्।
प्रसाने विककी श्रीमती वर्ष ६५ की गुवा विक सोमबार दिउँसो कोल्टीबाट घर फर्किने क्रममा रोडी खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता भएकी हुन्।
खबर प्राप्त हुनासाथ उनको खोजतलासका लागि प्रहरी चौकी जुड्डी र अस्थायी प्रहरी पोष्ट मुक्तिकोट बाजुराबाट प्रहरी टोली खटिई गएको प्रहरीले जनाएको छ।
27
Shares
प्रतिक्रिया