ad ad

समाज


अमेरिका घुम्न जानेलाई त्यहाँ बच्चा जन्माउन नदिने कानुन ल्याउँदै ट्रम्प

अमेरिका घुम्न जानेलाई त्यहाँ बच्चा जन्माउन नदिने कानुन ल्याउँदै ट्रम्प

नेपालखबर
माघ ७, २०७६ मंगलबार ८:२२,

अमेरिकी राज्य विभागका अनुसार सरकारले अब पर्यटक भिसामा अमेरिका गएकाले त्यहाँ बच्चा जन्माउन नपाउने कानुन ल्याउन लागेको हो।

‘जन्म पर्यटन’लाई लक्षित गरेर ट्रम्प प्रशासनले नयाँ कानुन ल्याउन लागेको जनाइएको छ।

विभागले एक विज्ञप्तीमा भनेको छ,‘यो परिवर्तन राष्ट्रिय सुरक्षा र जन्म पर्यटनसँग सम्बन्धित कानूनी जोखिम तथा जन्म पर्यटनसँग सम्बन्धित अपराधिक गतिविधि रोक्न ल्याउन लागिएको हो।’

कुनै महिलाले बच्चा जहाँ जन्माउँछिन् त्यो बच्चा सोही देशको नागरिक हुन्छ। यो जन्मसिद्ध अधिकार अन्तर्गत पर्दछ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यस जन्मसिद्ध अधिकारको विरोध गर्दै आएका थिए।

Illustration of a woman holding a baby wrapped in an American flag

यसै अधिकारका कारण ‘बर्थ टुरिजम’को विकास भएको र अमेरिकामा धेरै आप्रवासीहरु भित्रिएको ट्रम्पको तर्क छ।

प्राय देशमा जन्म पर्यटन सम्बन्धी कम्पनीहरु नै खोलिएको छ। यसले आपराधिक क्रियाकलाप बढेको अमेरिकाको भनाइ छ।

आप्रवासीहरु धेरै भित्रिने भएपछि अमेरिकाले अब पर्यटन भिसामा अमेरिका पुगेका महिलालाई त्यहाँ बच्चा जन्माउन दिनेछैन।

यसको अर्थ गर्भवती महिलालाई अमेरिकाले भिसा नदिने हुनसक्ने अनुमान गरिएको छ। यो कानुनलाई कसरी कार्यान्वयन गर्ने भन्नेबारे केही नखुलाइएको एबीसी न्युजले जनाएको छ।

ट्रम्पले दोहोर्याउँदै आप्रवासीका कारण अमेरिकामा आतंकवादी गतिविधि हुँदै आएको बताएका छन्। उनले आप्रवासी नीतिहरु निकै कडा बनाएका छन्।

मुस्लिम देशका नागरिकलाई अमेरिकामा प्रवेशमा निकै कडाइ गरिएको छ। प्राय मेक्सिकोको सिमाना हुँदै अवैध आप्रवासी अमेरिका प्रवेश गर्न खोज्छन्।

ट्रम्पले मेक्सिकोको सिमानामा पर्खाल लगाउने घोषणा गर्नुका साथै यदी मेक्सिकोबाट आप्रवासी छिरे आफूले मेक्सिकोलाई ठूलो आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

मेक्सिकोले यतिबेला कडा सुरक्षा व्यवस्था मिलाएको छ। जसकाकारण अमेरिका प्रवेश गर्न चाहने आप्रवासीको वहावमा ठूलो गिरावट आएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .