ad ad

समाज


ठेकेदारबाट उठाएको रकम गोजीमा राख्ने वडाअध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

ठेकेदारबाट उठाएको रकम गोजीमा राख्ने वडाअध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
भदौ १, २०८० शुक्रबार १५:५७, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको साविक पत्थरदेइया गाउँ विकास समिति–८ हाल विजयनगर गाउँपालिका–४ का वडाध्यक्ष तिलकराम कंडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

वडाअध्यक्ष कंडेलले विजयनगर गाउँपालिकालाई बुझाउनुपर्ने शंकरपुर ताल ठेक्काको रकम ठेकेदारबाट लिई उक्त रकम गाउँपालिकालाई नबुझाई आफैं हिनामिना गरेको अख्तियारको ठहर छ।

सो सम्बन्धी उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा वडाअध्यक्ष कंडेलले शंकरपुर तालको ठेक्कावापतको रकम विजयनगर गाउँपालिकाको खातामा जम्मा नगरी आफैंले लिईखाई सार्वजनिक सम्पत्ति ६ लाख १० हजार रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ।

वडाअध्यक्ष कंडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेकोमा ऐ.दफा १७ ले निर्देश गरे बमोजिम निजलाई उल्लिखित कसुरमा विगो ६ लाख १० हजार कायम गरी सोही ऐनको दफा  ३ (१) (ङ) बमोजिम कैद सजाय गरी ऐ ऐनको दफा ३(१) बमोजिम जरिवाना हुन मागदाबी लिइएको छ।

यस्तै, साविक पत्थरदेइया गाउँ विकास समितिको कार्यालयबाट शंकरपुर तालको ठेक्का कार्यमा पत्थरदेईया गाउँ विकास समितिको कार्यालयका तत्कालीन गाविस सचिव कृष्ण कुमार चौधरी र ठेकेदार सेराज महम्मदबीच सम्झौता भएकोमा ठेक्का सम्झौता बमोजिमको रकम दाखिला नभएको र हालसम्म पनि २ लाख ७० हजार रकम बिजयनगर गाउँपालिकाको खातामा जम्मा हुन बाँकी नै रहेको पाइएको अख्तियारले जनाएको छ।

सो ठेक्का सम्झौतामा सहीछाप गर्ने साविक पत्थरदेइया गाउँ विकास समितिका सचिव कृष्ण कुमार चौधरी र ठेकेदार सेराज महम्मदलाई पनि  बिगो २ लाख ७० हजार कायम गरी विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .