ad ad

समाज


तिलगंगा सिटी आइ सेन्टर सञ्चालनमा

तिलगंगा सिटी आइ सेन्टर सञ्चालनमा

नेपालखबर
भदौ १०, २०८० आइतबार १२:४८, काठमाडौँ

आँखा स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ट सेवा एकै ठाउँबाट दिने उद्देश्यले चुच्चेपाटीस्थित दम्पा कम्प्लेक्समा तिलगंगा सिटी आइ सेन्टरको सेवा शुभारम्भ गरिएको छ।

सार्वजनिक निजी साझेदारीको अवधारणामा तिलगंगा आँखा अस्पतालका दक्ष तथा ख्यातिप्राप्त चिकित्सकको समूहबाट आँखाका सम्पूर्ण विशेषज्ञता सहित यो सेन्टर सञ्चालनमा आएको हो।

सेन्टरको उद्घाटन कार्यक्रम ‘द गड अफ साईट’को रुपमा प्रख्यात तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा सन्दुक रुइत साथै प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङबाट संयुक्त रुपमा गरियो। यस सेन्टरले आँखा सम्बन्धी विभिन्न जटिलताको निदान र उपचारको लागि विभिन्न सेवाहरू प्रदान गर्दछ।

संस्थाका अनुसार यहाँ आँखासम्बन्धी उन्नत निदान उपकरणहरुका साथै दक्ष कर्मचारीहरुद्वारा आँखाको जाँच गरिन्छ। नियमित आँखा परीक्षणदेखि जटिल शल्यक्रियासम्मका सेवाहरू यसले प्रदान गर्दछ। मोतिबिन्दुको शल्यक्रिया, जलबिन्दुको उपचार, कोर्निया र  रेटिनाको रोगहरुको उपचार, आँखाको सौन्दर्य सम्बन्धि र अल्छि आँखाको व्यवस्थापन साथै कन्ट्याक्ट लेन्स र भीजन  थेरापीको सेवासुविधाहरु पनि यो संस्थाले प्रधान गर्ने छ।

न्यानो र स्वागतयोग्य वातावरणमा बिरामी केन्द्रित उपचार सहित हरेक वर्गका सेवाग्राहीहरुले सरल र सहज तरिकाले उचित सेवा सेन्टरले प्रदान गर्ने संस्थाले जनाएको छ।

संस्थाको मूल दर्शन भनेकै बिरामीहरुलाई केन्द्रबिन्दुमा राखेर उपचार दिनु रहेको छ। प्रत्येक सेवाग्राहीलाई उचित आँखा स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ थप नयाँ नयाँ प्रविधि र पद्धतिको परिकल्पना गरेको छ।

‘क्वालिटी आई सर्भिस एट योर डोरस्टेप’ भन्ने मूल मन्त्रलाई अनुसरण गर्दै आफ्नो सेवालाई नेपालभर पुर्याउने अठोट लिएको यो तिलगंगा सिटी आइ सेन्टरले सम्पूर्ण बिरामीको पहुँचमा पुग्ने गरि कार्य गर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .