ad ad

समाज


नेपालका पदक बेच्न नपाएपछि महावीरले बिक्रीमा राखे विदेशी पदक

नेपालका पदक बेच्न नपाएपछि महावीरले बिक्रीमा राखे विदेशी पदक

महावीर पुन र उनले पाएका अन्तर्राष्ट्रिय पदकहरु। तस्बिर : महावीर पुनको फेसबुकबाट


नेपालखबर
भदौ १४, २०८० बिहिबार १८:२७, काठमाडौँ

नेपाल सरकार दिएका विभुषण र अलंकार बेच्न नपाएपछि वैज्ञानिक महावीर पुनले आफूलाई विभिन्न मुलुकबाट मिलेका पदकहरु बिक्रीमा राखेका छन्। 

उनले बिहीबार जनैपूर्णिमाको शुभदिन भन्दै विभिन्न मुलुकबाट मिलेका पदक २० देखि २५ लाख रुपैयाँसम्ममा बिक्रीमा राखेका हुन्। 

नेपालका पदक बेच्न नपाइने भएपछि अब विदेशी मुलुकबाट प्राप्त पदकहरु किनेर घरमा वा म्युजियममा सजाउन चाहनेलाई बिक्री गर्ने उनले बताएका छन्। 

उनले विदेशी पदक बिक्रीबाट आउने पैसाले वीरगन्जको कृषि औजार कारखानामा ३०० देखि ५०० केभीएसम्मको बिजुलीको ट्रान्सफर्मर  दसैंअगाडि नै राख्ने योजना बनाएका छन्। 

महावीरले तिहारपछि केही औजारहरु उत्पादन सुरु गर्ने योजनाका लागि कारखानामा धेरै क्षमताको बिजुली चाहिएको बताएका हुन्। कारखानाका करिब ८० प्रतिशत पुराना मशिनहरु मर्मत भइसकेकाले अब औजार उत्पादन थालिने उनले बताए।

उनले आफ्नो जीवन कथाको किताब बेचेर आएको पैसा कृषि औजार कारखानामा खर्च गरिने पनि बताएका छन्। उनले उक्त किताब पनि किनिदिन भनेका छन्। 

‘मर्ता क्या नै कर्ता। हामीले खुट्टा तानेरै काम कर्ता है र मर्ता है’, उनले भनेका छन्, ‘कसैले पनि रिसराग र दु:खमनाऊ नगर्नु होला। यसो गर्दा ती मेडलहरुको उच्च सम्मान हुनेछ।’

बिक्रीमा राखिएका पदक
१. सन् १९९२ मा अमेरिकामा पाएको हनर ग्राजुएट मेडल

२. सन् २००७ मा फिलिपिन्समा पाएको रामोन म्याग्सेसे अवार्डको मेडल

३. सन् २०१४ मा अमेरिकामा पाएको इन्टरनेट हल अफ फेम

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .