ad ad

समाज


लागूऔषध खाँदै गरेका ४ युवक पक्राउ

लागूऔषध खाँदै गरेका ४ युवक पक्राउ

नेपालखबर
भदौ १७, २०८० आइतबार ९:४०, कञ्चनपुर

कञ्चनपुरमा लागूऔषध खाँदै गरेको अवस्थामा ४ जना युवक पक्राउ परेका छन्। 

भीमदत्त नगरपािलका–४ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनीहरुको साथबाट खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा डोटीको पुर्बीचौकी गाउँपालिका–५ का २७ वर्षीय केशु साहु, डडेल्धुराको आलिताल गाउँपालिका–७ का २८ वर्षीय बल बहादुर बुढा क्षेत्री, कञ्चनपुरको बेदकोट नगरपालिका–९ का  २६ वर्षीय नबिन भट्ट र सोही ठाउँका ३० वर्षीय सिद्धराज पनेरु छन्। 

उनीहरुलाई प्रहरीले शनिबार राति नियन्त्रणमा लिएको हो। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध सेवन गरिरहेको अवस्थामा फेला पारेको थियो। जाँच गर्दा उनीहरुको साथबाट खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .