ad ad

समाज


स्वयम्भुबाट एक लाख नक्कली नोटसहित एक युवक पक्राउ

स्वयम्भुबाट एक लाख नक्कली नोटसहित एक युवक पक्राउ

नेपालखबर
भदौ २२, २०८० शुक्रबार ५:३९, काठमाडौँ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली नक्कली नोटसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका–४ धारापानी घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–८ भीमढुङगा बस्ने ३८ वर्षीय गौरव थापा छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो।

नक्कली नेपाली नोटको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा  खटिएको विशेष प्रहरी टोलीले एक लाख (एक हजार दरका एक सय थान) नक्कली नेपाली नोटसहित उनलाई पक्राउ गरेको एसपी रेग्मीले बताए।

पक्राउ परेका थापालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ  पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले जनाएको छ। 

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका एकजना फरार प्रतिवादीलाई पनि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३ बस्ने ५२ वर्षीय हरिभक्त पराजुली छन्।

काठमाडौँ जिल्ला अदालत बबमहलबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका पराजुलीलाई प्रहरीको टोलीले बिहीबार ललितपुर महानगरपालिका पुलचोकबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्ज काठमाडौँ  पठाइएको छ एसपी रेग्मीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .