ad ad

समाज


सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष राईसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी

सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष राईसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी

नेपालखबर
भदौ २५, २०८० सोमबार १९:३०, काठमाडौँ

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष जिबी राईसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। 

जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालतबाट राईसहित सात जनाविरूद्ध पक्राउ अनुमति लिएको हो।

बचतकर्ताको अर्बौं रकम हिनामिना र रकम फिर्ता नगरेको आरोपमा उनीहरूविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो। 

पूर्वअध्यक्ष राई ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक समेत हुन्। 

सहकारीका सञ्चालक समितिका पदाधिकारीहरूविरुद्ध ९७१ जनाले जाहेरी दर्ता गरेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .