सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष कुमार रम्तेल पक्राउ परेका छन्।
उनलाई अपराध महाशाखा काठमाडौंले पक्राउ गरेर कास्की पठाउन लागिएको एसएसपी सोमेन्द्र सिंह राठौरले नेपालखबरलाई जानकारी दिए।
पूर्वअध्यक्ष जिबी राईसहित ७ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालतबाट राईसहित सात जनाविरूद्ध पक्राउ अनुमति लिएको थियो।
बचतकर्ताको अर्बौं रकम हिनामिना र रकम फिर्ता नगरेको आरोपमा उनीहरूविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो।
सहकारीका सञ्चालक समितिका पदाधिकारीहरूविरुद्ध ९७१ जनाले जाहेरी दर्ता गरेको प्रहरीले जनाएको छ।
156
Shares
प्रतिक्रिया