दुवईबाट झण्डै एक किलो सुनसहित तीन जना पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरले हिमालयन एयरलाइन्सबाट ९६० ग्राम सुन लिएर आएका बाबुलाल दोङलाई सुरुमा पक्राउ गरेको थियो।
उनले मलद्वारमा लुकाएर उक्त सुन ल्याएका थिए।
दोङले भन्सार छलि ल्याएको सुन लिन आएका अरु दुई जना पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका ३ घट्टेखोलाका ३३ वर्षीय जगत लामा र काभ्रेकै महाभारत गाउँपालिका ३ सानो पोखरा घर भई हाल बनेपा बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्यान्तान रहेको काठमाडौं परिसरका डीएसपी अनिल अधिकारीले जानकारी दिए ।
दुबईबाट सुन ल्याउने दोङ काभ्रेको खानीखोला गाउपालिका ३ का हुन्। हाल पनौती नगरपालिका ५ बस्दै आएका छन्।
थप अनुसन्धानको क्रममा मंगलबार ढल्कु स्थित बिगमार्टको पार्किङ्बाट अरु दुई जनालाई नियन्त्रणमा लिएको हो।
279
Shares
प्रतिक्रिया