प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।
सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१५ को (१) बमोजिम जानकारी गराउने कार्यसूची रहेको छ।
एमाले संसदीय दलका उपनेता तथा संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि प्रतिनिधिसभाको क्षेत्र इलाम–२ खाली भएकाो छ।
हेर्नुहोस् सम्भावित कार्यसूची
48
Shares
प्रतिक्रिया