ad ad

समाज


काठमाडौं आउँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा २१ जना घाइते, दुईको अवस्था गम्भीर

काठमाडौं आउँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा २१ जना घाइते, दुईको अवस्था गम्भीर

नेपालखबर
भदौ २९, २०८० शुक्रबार ९:२२, काठमाडौँ

काठमाडौं आउँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गएराति सदरमुकाम तानसेनबाट काठमाडौं आउँदै गरेको लु २ ख १४०३ नम्बरको बस तानसेन नगरपालिका ४ स्थित बारुदखानमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घाइते २१ जनाको मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्।

चालकले ब्रेक फेल भएपछि बस पल्टिएको बताएका छन्। 

पल्टिएको बसले दुईवटा मोटरसाइकलका र दुईवटा घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .