ad ad

समाज


नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु

नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु

फाइल तस्बिर


नेपालखबर
असोज १, २०८० सोमबार १८:१३, काठमाडौँ

नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ। 

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणी नदीमा डुबेर मृत्यु भएको हो।

सोमबार दिउँसो नारायणी नदीमा पौडी खेल्ने क्रममा गैँडाकोट नगरपालिका–७ गैरी बस्ने सुमन कुमालका छोराहरू १४ वर्षीय सबिन कुमाल र नौ वर्षीय सङ्गम कुमालको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताए।

‘नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुवै जनाको उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकामा चिकित्सकले मृत घोषित गरेका हुन्’, उनले भने। 

घटनाका बारेमा थप अनुसन्धान भइरहेको पौडेलले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .