ad ad

समाज


ड्युटीमा खटिएका अहेबलाई कुट्ने पक्राउ, घटनाको विरोधमा स्वास्थ्य सेवा ठप्प

ड्युटीमा खटिएका अहेबलाई कुट्ने पक्राउ, घटनाको विरोधमा स्वास्थ्य सेवा ठप्प

नेपालखबर
असोज ४, २०८० बिहिबार १२:५६, काठमाडौँ

कञ्चनपुको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका अहेब नरेन्द्रप्रसाद गैरेमाथि कुटपिट गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

स्वास्थ्यकर्मीमाथि हातपात गर्ने बेलौरी नगरपालिका–३ गोकुलपुरका रामु भनिने रामबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

अहेब गैरेमाथि मंगलबार मध्यराति ड्युटीमा खटिएको बेला हातपात भएको थियो। गैरेले इलाका प्रहरी कार्यालयमा खड्काविरुद्ध अभद्र व्यवहार मुद्दामा किटानी जाहेरी दिएका थिए।

बिरामीको टाँका लगाइरहेका अहेब गैरेमाथि रामबहादुरसहित केही युवाहरू आएर औँला देखाउँदै धम्क्याएर घाँटी समातेर धकेलेको थिए। 

खड्का अहिले इलाका प्रहरी कार्यालय बेलौरीको हिरासतमा छन्। ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेमाथि कारबाही हुनुपर्ने स्वास्थ्यकर्मीले माग राखेका छन्। 

श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रले हातपातको विरोधमा आज (बिहीबार)देखि स्वास्थ्य केन्द्रका अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गरेको छ।

ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारबाही नहुञ्जेल स्वास्थ्य सेवा बन्द गरिने स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द्र बिष्टले बताए।

‘हिजो राति अबेर प्रहरीले जाहेरी लियो, कुटपिटमा संलग्नलाई कारबाही हुनुपर्छ,’ उनले भने, ‘कारबाही नभए आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्छौं।’

स्वास्थ्य केन्द्रले यस विषयमा छलफल गर्न बिहीबार बैठक पनि डाकेको छ। स्वास्थ्यकर्मीमाथि हातपात घटनाको सत्य, तथ्य छानबिन गरेर दोषीलाई कानूनी दायरामा ल्याउनु पर्ने माग कर्मचारीले गरेका छन्। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .