सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार तरकारी बोकेको जीप दुर्घटनामा परेको हो।
दुर्घटनामा परि दाङको तुलसिपुर-१८ घर भएका जीप चालक ३६ वर्षीय भक्त बहादुर घर्ती र गाडी धनी सोही ठाउँका ५० वर्षीय गणेश बुढाको मृत्यु भएको हो।
दुर्घटनामा तुलसीपुर २ घर भएका ३५ वर्षीय नारायण योगी गम्भीर घाइते भएका छन्। उनलाई उपचारको लागि दाङ पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
रोल्पाबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ च १०२५ नम्बरको ‘सिंगल क्याप’ जीप सोमबार बिहान कपुरकोट गाउँपालिका ३ चोरखोला नजिक सेतापैरामा दुर्घटना परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा दुई जनाको घटना स्थलमै मृत्यु भएको हो। जीप सडकबाट साढे तीन सय मिटर तल खसेको छ।
27
Shares
प्रतिक्रिया