दोलखामा एक वृद्धको खुकुरी प्रहारबाट दुईजना घाइते भएका छन्।
तामाकोसी गाउँपालिका–२ झुलेका ७२ वर्षीय मोहनबहादुर कार्कीले गएराति आफ्नी पत्नी ६८ वर्षीया तारादेवी र ८ वर्षकी नातिनी सुहानालाई खुकुरी प्रहार गरेका प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार वृद्धले राति ११ बजे घरायसी विवादमा अकस्मात पत्नी र नातिनीमाथि खुकुरी प्रहार गरेका हुन्।
घाइते हजुर आमा र नातिनीलाई स्थानीयको सहयोगमा प्रहरीले चरिकोटको च्छोरोल्पा अस्पताल पुर्याएको छ। घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीले नजाएको छ।
घटनामा संलग्न मोहनबहादुरलाई प्रहरीले राति नै पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ।
33
Shares
प्रतिक्रिया