ad ad

समाज


बागमती नगरपालिकामा आज इन्द्रजात्राको बिदा

बागमती नगरपालिकामा आज इन्द्रजात्राको बिदा

नेपालखबर
असोज १२, २०८० शुक्रबार ८:१९, सर्लाही

सर्लाहीको बागमती नगरपालिकाले आज (शुक्रबार) नगर क्षेत्रमा इन्द्रजात्राको बिदा दिएको छ। 

बागमती नगरपालिका १० सोल्टी बजारमा आयोजित इन्द्रजात्रा मेला महोत्वसको अवसरमा आज बिदा दिएको बागमती नगरपालिकाले जनाएको छ। 

संघीय सरकारले इन्द्रजात्राको अवसरमा हिजो (बिहीबार) काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको थियो। इन्द्रजाता विशेषगरी काठमाडौँ उपत्यकामा मनाइन्छ। 

बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोखरेलले बिहीबार सूचना जारी गर्दै इन्द्रजात्रा मेलाको अवसरमा शुक्रबार नगर क्षेत्रका कार्यालय, संघसंस्था तथा स्कुल कलेजहरुमा एक दिन स्थानीय बिदा दिइएको जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .