दोलखामा थप सुन फेला परेको छ। यसअघि ४ केजी सुन पक्राउ परेको ठाउँ बिगु गाउँपालिकामा थप तीन केजी सुन फेला परेपछि प्रहरीको टोली त्यसतर्फ जाँदैछ।
जिल्ला प्रहरी कार्यालय दोलखाका नायब उपरीक्षक (डीएसपी) दीपक खड्काका अनुसार यसअघि पक्राउ परेकाकै बयानका आधारमा प्रहरीले थप सुन फेला पारेको हो।
चारकिलो सुनसहित बिहीबार ५ जना पक्राउ परेका थिए। ‘सोही ठाउँमा सुन फेला परेपछि अहिले हामी त्यहाँ जाँदैछौं,’ डीएसपी खड्काले नेपालखबरसँग भने।
बिहीबार स्थानीय सीता तामाङको घरमा डेरा गरी बस्ने केशर तामाङले सुन तस्करी गरी लुकाई छिपाई राखेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले सुरुमा सीता, पेम्बा र माधवलाई पक्राउ गरेको थियो।
उनीहरूले दिएकै सूचनाका आधारमा सोही घरबाट अन्य सुन फेला परेको प्रहरीले जनाएको छ।
693
Shares
प्रतिक्रिया