ad ad

समाज


सरकारी साक्षीले अदालतमा उल्टो बयान दिएपछि भ्रष्टाचार मुद्दा

सरकारी साक्षीले अदालतमा उल्टो बयान दिएपछि भ्रष्टाचार मुद्दा

नेपालखबर
असोज १२, २०८० शुक्रबार १७:११, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीले विशेष अदालतमा बकपत्र प्रतिकुल हुने बयान दिएपछि भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सरकारी साक्षीका रुपमा पेश गरिएकी दोलखाको शैलुङ्गेश्वर गाउँपालिकाकी कल्याणी सुबेदीले प्रतिकूल बकपत्र गरेपछि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार सीमा प्रहरी चौकी टिमुरे रसुवामा कार्यरत प्रहरी कर्मचारीसमेतले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्ने समेत व्यहोराको विशेष अदालत काठमाडौँमा दर्ता भएको मुद्दामा सुबेदीलाई सरकारी साक्षीका रुपमा पेश गरिएको थियो।

विशेष अदालतमा दर्ता भएको राजश्व चुहावटसमेत गरी भ्रष्टाचार गरेको भन्ने मुद्दामा सुन बिक्री गर्न ल्याउँदा राख्न दिएकोमा राखिदिएको भनी कल्याणी सुवेदीलाई उक्त मुद्दाको अनुसन्धानको क्रममा सहयोग गरेको कारण उनलाई प्रतिवादी नबनाई सरकारी साक्षीको रुपमा पेश गरिएको थियो।

निजले विशेष अदालतसमक्ष उपस्थित भई वकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएका कागजात व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको अख्तियारको ठम्याई छ।

सो सम्बन्धमा कल्याणी सुवेदी उपर विगो ६ लाख ७७ हजार ५९९ रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन मागदावी लिई विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .