ad ad

समाज


आस्था राउतलाई चार दिन हिरासतमा राख्न अनुमति

आस्था राउतलाई चार दिन हिरासतमा राख्न अनुमति

नेपालखबर
माघ १३, २०७६ सोमबार ९:१४,

प्रहरीले गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति पाएको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सो अनुमति दिएको हो।

राउतले सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन्।

विमानस्थलमा जाँचका क्रममा यही माघ १ गते ड्युटीमा रहेको प्रहरीलाई अभद्र व्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले राउतविरुद्ध उजुरी दिएकी थिइन्।

सुरक्षा जाँचका क्रममा प्रहरीले ज्याकेट फुकाल्न भनेपछि राउत र प्रहरीबीच भनाभन भएको थियो।

त्यसपछि झापाको भद्रपुर पुगेपछि आस्थाले प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै फेसबुक लाइभ गरी तथानाम गाली गरेकी थिइन्।

उनको भिडियो सार्वजनिक भएपछि प्रहरीले विमानस्थलको सीसीटीभी फुटेज सार्वजनिक गरेको थियो। त्यसपछि राउतले फेसबुक लाइभमार्फत माफी मागेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .