ad ad

समाज


कहिले रोकिएला काठमाडौँमा झरी? यसो भन्छन् मौसमविद्

कहिले रोकिएला काठमाडौँमा झरी? यसो भन्छन् मौसमविद्

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असोज १७, २०८० बुधबार १०:२४, काठमाडौँ

मंगलबार दिउँसोदेखि काठमाडौं उपत्यकामा वर्षा हुने क्रम जारी छ। बुधबार बिहान १० बजेसम्म पनि उपत्यकाका विभिन्न स्थानमा पानी परिरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार काठमाडौँ उपत्यकामा हिजो (मंगलबार) दिउँसो २ बजेदेखि पानी पर्न थालेको हो।

‘बीचबीचमा केही बेर रोकिने र फेरि पानी पर्ने क्रम अहिलेसम्म जारी छ’, उनले भनिन्, ‘यो क्रम आज दिनभर जारी रहने देखिन्छ।’

उनका अनुसार पछिल्लो समय आज बिहान सवा ५ बजेदेखि उपत्यकामा लगातार वर्षा भइरहेको छ। 

‘बीचबीचमा केही बेर रोकिए पनि आज दिनभर मौसम यस्तै रहने देखिएको छ’, मौसमविद् कँडेलले भनिन्, ‘आज रातभर पनि पानी पर्ने क्रम जारी रहने अनुमान छ, तर गएराति जत्तिको वर्षाचाहिँ हुने देखिन्न।’

उनका अनुसार भोलि बिहीबारबाट मात्र काठमाडौँ उपत्यकाको मौसम सुधार हुने सम्भावना छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .