ad ad

समाज


अफगानिस्तानको तालिवान नियन्त्रित क्षेत्रमा अमेरिकी लडाकु विमान दुर्घटनाग्रस्त

अफगानिस्तानको तालिवान नियन्त्रित क्षेत्रमा अमेरिकी लडाकु विमान दुर्घटनाग्रस्त

नेपालखबर
माघ १४, २०७६ मंगलबार ५:५५,

अफगानिस्तानको गजनी क्षेत्रमा सोमबार उक्त विमान दुर्घटनामा परेको हो। सोमबार गजनी क्षेत्रमै एरियाना एयरलाइन्सको विमान दुर्घटनामा परेको समाचार सम्प्रेषित भएको थियो। यतिबेला उक्त समाचार अफवाह ठहरिएको छ।

अफगानिस्तानको सरकारले एरियाना एयरलाइन्सको विमान दुर्घटनामा परेको समाचार झुठो भएको प्रतिक्रिया जनाएको छ।

अमेरिकी रक्षा सचिव मार्क एस्परले अमेरिकाको विमान दुर्घटनामा परेको पुष्टि गरेका छन्। इ–११ए युद्धक विमान दुर्घटनामा परेको हो।

दुर्घटनाको कारणबारे केही खुल्न सकेको छैन। विमान दुर्घटनामा आक्रमणको कुनै संकेत नभेटिएको बताइएको छ। अनुसन्धानपछि यस विषयमा थप जानकारी दिने पेन्टागनले जनाएको छ।

अफगानिस्तानमा सन् २००१ यता अमेरिकी सेना तैनाथ छन्। यसबीचमा तालिवानसँगको भिडन्तमा २४ सय अमेरिकी सेनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .