दिनदिनै तापक्रम घट्दै तथा चिसो बढ्दै गएको छ।
काठमाडौँ उपत्यकामा बिहान–बेलुका जाडो हुन थालिसकेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले काठमाडौँ उपत्यकासहित देशभर नै बिस्तारै तापक्रम घट्दो क्रममा रहेको बताए।
यसै क्रममा आज जुम्लाको न्यूनतम तापक्रम १.१ डिग्री सेल्सियसमा झरेको छ। देशभरमा सबैभन्दा कम तापक्रम पनि यही हो।
मौसम महाशाखाको रेकर्डअनुसार अक्टोबर १ तारिख अर्थात् १८ दिनअघि जुम्लाको न्यूनतम तापक्रम १३.४ डिग्री थियो।
यस्तै आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियसमा झरेको छ।
हिजो बुधबार उपत्यकाको न्यूनतम तापक्रम १२.४ डिग्री थियो भने अक्टोबर १ तारिखका दिन १९.६ डिग्री सेल्सियस थियो।
117
Shares
प्रतिक्रिया