ad ad

समाज


राष्ट्रपति पौडेलले दसैँमा टीका लगाइदिने

राष्ट्रपति पौडेलले दसैँमा टीका लगाइदिने

फाइल तस्बिर


नेपालखबर
कात्तिक ३, २०८० शुक्रबार ६:२९, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई दसैँको टीका लगाइदिने भएका छन्।

राष्ट्रपति कार्यालयका अनुसार पौडेलले कात्तिक ७ गते विजया दशमीको दिन राष्ट्रपति भवन शितल निवासमा टीका लगाइदिने कार्यक्रम तय भएको छ। 

टीका लगाउनको लागि राष्ट्रपति भवनको गेट नम्बर १ बाट प्रवेश दिइने छ राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपतिबाट टीका लगाउन चाहने मन्त्री, सांसद, संवैधानिक निकायका पदाधिकारी, निजामती, जंगी तथा प्रहरीका अधिकृत स्तरका कर्मचारीका लागि दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय तोकिएको छ।

त्यसैगरी इच्छुक सर्वसाधारणका लागि अपराह्न ३ बजेदेखि ५ बजेसम्मको समय तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालयले टीका ग्रहण गर्न आउनेलाई मर्यादित पोशाकमा आउन भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .