ad ad

समाज


बढ्दै जाडो, कहाँको तापक्रम कति पुग्यो?

बढ्दै जाडो, कहाँको तापक्रम कति पुग्यो?

फाइल तस्बिर : जुम्ला


नेपालखबर
कात्तिक ३, २०८० शुक्रबार ८:२१, काठमाडौँ

दिनप्रतिदिन तापक्रम घट्दो र चिसो बढ्दो क्रममा रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अहिले देशभरै बिस्तारै तापक्रम घट्दै गएको छ। 

आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियस छ। आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८:४५ बजे सार्वजनिक गरिने मौसमविद् झाले बताए। तर अहिलेको भन्दा धेरै तलमाथि हुँदैन। 

देशका अन्य स्टेसनका न्यूनतम तापक्रम पनि अहिले बिहान ८:४५ बजे सार्वजनिक हुने उनले जानकारी दिए।

बिहीबारको विवरणअनुसार भने सबैभन्दा कम तापक्रम मुस्ताङको जोमसोममा देखिएको छ। त्यहाँ बिहीबारको मापनअनुसार न्यूनतम तापक्रम ०.५ डिग्री सेल्सियस छ। 

बिहीबारको तापक्रम विवरण तलको सूचीमा हेर्नुहोस् (स्रोत : मौसम पूर्वानुमान महाशाखा) 

डडेल्धुरा : अधिकतम २१.६, न्यूनतम ८.६ 

दिपायल : अधिकतम २९.२, न्यूनतम १४.५

धनगढी : अधिकतम ३१.२, न्यूनतम १७.०

वीरेन्द्रनगर : अधिकतम २८.८, न्यूनतम १३.२

नेपालगन्ज : अधिकतम ३०.९, न्यूनतम १७.०

जुम्ला : अधिकतम २०.८, न्यूनतम १.१

घोराही : अधिकतम २८.२, न्यूनतम १५.२

पोखरा : अधिकतम २६.४, न्यूनतम १४.५

भैरहवा : अधिकतम ३१.२, न्यूनतम १८.९

सिमरा : अधिकतम ३१.०, न्यूनतम १८.५ 

काठमाडौँ : अधिकतम २५.४, न्यूनतम ११.५

ओखलढुंगा : अधिकतम २४.३, न्यूनतम ११.१ 

ताप्लेजुङ : अधिकतम २१.४, न्यूनतम ९.८

धनकुटा : अधिकतम २६.८, न्यूनतम १५.०

विराटनगर : अधिकतम ३१.०, न्यूनतम २०.५

जोमसोम : अधिकतम १६.६, न्यूनतम ०.५

धरान : अधिकतम ३०.७, न्यूनतम २०.०

लुम्ले : अधिकतम २०.६, न्यूनतम १०.०

जनकपुर : अधिकतम ३४.२, न्यूनतम १९.४ 

मौसमविद्का अनुसार न्यूनतम बिहानको तापक्रम हो भने अधिकतम दिउँसोको। प्रस्तुत तथ्यांकले हरेक ठाउँको ठ्याक्कै तापक्रम नआए पनि देशका हिमाल, पहाड र तराईको एउटा तस्बिर दिने मौसमविद् झाको भनाइ छ। माथिका तापक्रम विवरण मौसम महाशाखाका स्टेसन राखिएका स्थानका हुन्। 

महाशाखाका मौसमविद् झाका अनुसार राति आकाश खुला भयो भने न्यूनतम तापक्रम घट्छ भने बादल लाग्यो भने बढ्छ। यस्तै दिउँसो बादल लाग्यो भने अधिकतम तापक्रम घट्छ भने घाम लाग्यो भने बढ्छ। वर्षा तथा हिमपात भयो भने पनि तापक्रम घट्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .