ad ad

समाज


इजरायलमा मारिएका चार विद्यार्थीको शव आइतबार आइपुग्ने

इजरायलमा मारिएका चार विद्यार्थीको शव आइतबार आइपुग्ने

नेपालखबर
कात्तिक ३, २०८० शुक्रबार १९:५७, काठमाडौँ

इजरायलमा हमास समूहको आक्रमणमा परी निधन भएका चार जना नेपाली विद्यार्थीको शव आइतबार विहान काठमाडौं आइपुग्ने भएको छ।

तेल अबिबस्थित नेपाली दूतावासले पहिचान भएका चार विद्यार्थीको शव शनिबार नेपाल पठाउने जानकारी दिएको छ।

हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये सम्पूर्ण कानूनी प्रक्रिया पूरा भएका ४ विद्यार्थीको शव भोलि दिउँसोको १ः२५ बजे फ्लाइदुबईको उडानबाट नेपाल पठाउन लागिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

दूतावासका अनुसार ईजरायलबाट फ्लाइदुबईको उडान नं एफजेड१२१० मार्फत् दुबईसम्म तथा तत्पश्चात् फ्लाइदुबईकै उडान नं एफजेड८३५१ मार्फत् काठमाडौंसम्म पुग्ने गरी व्यवस्था मिलाइएको छ।

शव कार्तिक ५ गते, आइतवार विहान काठमाडौँ पुग्नेछ।

अन्य शव पहिचानको काम क्रमशः भइरहेको दूतावासले स्पष्ट पारेको छ।

साथै, सम्पर्कविहीन रहेका विपिन जोशीको उपलब्ध सम्पूर्ण संयन्त्र र माध्यमहरुको प्रयोग गरी खोजी कार्यमा दूतावासले आफ्नो प्रयास केन्द्रित गरिरहेको पनि दूतावासले उल्लेख गरेको छ।

प्यालेस्टायनी लडाकु समूह हमासको आक्रमणमा परेर ज्यान गुमाएकामध्ये ५ जनाको शव इजरायली सरकारले असोज २८ गते नेपाललाई हस्तान्तरण गरेको थियो।

नारायणप्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेश कुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव प्राप्त भएको राजदूतावासले जनाएको छ। उनीहरूमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज विष्ट र आशिष चौधरीको शव ल्याउन लागिएको हो।

इजरायलले दूतावासलाई बुझायो ५ नेपालीको शव

प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलका विभिन्न ठाउँमा असोज २० गते आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .