ad ad

समाज


दोलखामा जिप दुर्घटना हुँदा २ को मृत्यु, ६ जना घाइते

दोलखामा जिप दुर्घटना हुँदा २ को मृत्यु, ६ जना घाइते

नेपालखबर
कात्तिक ७, २०८० मंगलबार १०:१६, दोलखा

दोलखामा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अरु ६ जना घाइते भएका छन्।

बिगु गाउँपालिका–२ ओराङमा बा १४ च ८९३४ नम्बरको जीप दुर्घटना  परेको हो।

दुर्घटनामा बिगु–२ कै चिनीमाया तामाङ र बालमायी तामाङको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

दुर्घटनामा घाइते भएका ६ मध्ये पाँच जनाको अवस्था गम्भीर छ। 

उनीहरुलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक खड्काले जानकारी दिए।

अप्ठ्यारो सडकमा तीव्र गतिको कारण जिप पल्टिएको अनुमान प्रहरीले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .