ad ad

खेल


कप्तान देवको कीर्तिमानी शतकमा नेपालले यूएईलाई दियो २८१ रनको लक्ष्य

कप्तान देवको कीर्तिमानी शतकमा नेपालले यूएईलाई दियो २८१ रनको लक्ष्य

नेपालखबर
कात्तिक ७, २०८० मंगलबार १०:२४, काठमाडौँ

कप्तान देव खनालको कीर्तिमानी शतकमा नेपाली युवा टोलीले एसीसी यू १९ प्रिमियर कपको उपाधिका लागि यूएईसामु २ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ८० रनको योगफल तयार पारेको हो। 

नेपालका लागि कप्तान देव खनाले ऐतिहासिक शतक प्रहार गरेका छन्। कप्तान देवले ९२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। 

देव यू १९ क्रिकेटमा तीन शतक हान्ने पहिलो खेलाडी हुन्। यसअघि उनले समुह चरणमा इरानविरुद्ध शतक हानेका थिए। 

यस्तै गत फागुनमा भएको आइसीसी यू १९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय २५ रन बनाएका थिए।

विकेट किपर उत्तम रागुं थापा मगर ५७ रनमा क्याच आउट भए। ६७ बलको सामना गरेका उनले ४ चौका र १ छक्का हाने। 

ओपनर अर्जुन कुमाल ५५ रनमा आउट भए। ७८ बलको सामना गरेका अुर्जनले ४ चौका मद्धतमा ५५ रन हाने। 

दिपक प्रसाद डुम्रेले २८ रन थपे। ओपनर दिपक बोहोरा ५ तथा विशाल विक्रम केसी ३ रनमा आउट भए। हेमन्त धामी ७ रनमा क्याच आउट भए। 

दिपेश कँडेल १० र आकाश चन्द १ रनमा नटआउट रहे। 

यूएईका हरित सेट्ठी एक्लैले पाँच विकेट लिए। आयान अफ्जल खानले २ तथा अमर बडामीले १ विकेट लिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .