ad ad

समाज


झडपको सम्भावना बढेपछि एनआरएनए कार्यालयमा प्रहरी तैनाथ

झडपको सम्भावना बढेपछि एनआरएनए कार्यालयमा प्रहरी तैनाथ

नेपालखबर
कात्तिक १०, २०८० शुक्रबार ११:३९, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए)को काठमाडौँ बालुवाटारस्थित कार्यालयमा प्रहरी सुरक्षा बढाइएको छ।

एनआरएनएको दुई समूहबीच हुनेसक्ने सम्भावित झडपलाई रोक्न शुक्रबार बिहानैदेखि बालुवाटारको ललिता निवासस्थित एनआरएनएको कार्यालयमा प्रहरी तैनाथ छन्। 

एनआरएनएको अध्यक्ष डा.बद्री केसी विजयी भएपछि निर्वाचनमा पराजित आरके शर्मा पक्ष असन्तुष्ट छ। निर्वाचनमा धाँदली गरेर केसी अध्यक्षमा विजयी भएको आरोप शर्मा पक्षले लगाउँदै आएको छ। 

एनआरएनए स्रोतका अनुसार अध्यक्ष केसी कार्यालयमा गए शुक्रबार शर्मा पक्षले तालाबन्दी गर्ने तयारी गरेपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको हो। 

बालुवाटारस्थित एनआरएनएकै भवनमा नेपाल राष्ट्र बैँकका केही शाखा पनि सञ्चालनमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .