ad ad

समाज


छुरा प्रहार गरी श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

छुरा प्रहार गरी श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

नेपालखबर
कात्तिक १३, २०८० सोमबार १९:५३, काठमाडौँ

आफ्नै श्रीमतीलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा पर्सामा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका –१४ बहुअरी बस्ने फजल करिम मियाँको छोरा वर्ष ४५ को एजहारूलहक अंसारी छन्।

उनले आफ्नै कान्छी श्रीमती वर्ष २८ की महिमा खातुनलाई घरायसी विवादका कारण कुटपिट तथा धारिलो चक्कुले छाती तथा पेटमा प्रहार गरेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भई अचेत अवस्थामा रहेकी उनको वीरगञ्ज हेल्थ केयर अस्पताल वीरगञ्जमा उपचारकै क्रममा मृत्यु भएको थियो।

अभियुक्त एजहारूलहक अन्सारीको दुई वटा श्रीमती रहेको र कान्छी श्रीमती महिमा खातुनलाई घरायसी विवादका कारण ससुरा वर्ष ६५ को फजल करिम मियाँ, सासु आमा  वर्ष ६३ की सरिफन खातुन र सौता वर्ष ३८ की नुरजहान खातुन समेतले कुटपिट गरेको र सोही क्रममा अभियुक्त एजहारूलहक अन्सारीले धारिलो हतियार छुरा प्रहार गरेको अनुसन्धानका क्रममा खुलेको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सौता नुरजहान खातुन (३८ वर्ष) लाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .